नेपाल बन्दको पूर्वसन्ध्यामा दाङको भालुवाङ सहित देशैभर मसाल जुलुस प्रदर्शन



नेपाल बन्दको पूर्वसन्ध्यामा दाङको भालुवाङ सहित देशैभर मसाल जुलुस प्रदर्शन

भालुवाङ १६ फागुन । नेपाल बन्दको पूर्वसन्ध्यामा आइतबार दाङ देउखुरीको भालुवाङ सहित देशैभर मसाल जुलुस निकालिएको छ ।     

एमसीसी विरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टी सहित ६ राजनीतिक दल र २ मोर्चाले सोमबार अर्थात् फागुन १६ गते सशक्त नेपाल बन्दको घोषणा गरेसँगै सो जुलुस निकालिएको हो  ।

आइतवार घोषित सडक सङ्घर्षपछि नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको र यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले भोलि १६ गतेका लागि सशक्त नेपाल बन्द घोषणा गरिएको उल्लेख छ ।

संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे