बहुविवाह मुद्दामा फरार एक जना पक्राउ



बहुविवाह मुद्दामा फरार एक जना पक्राउ

दाङ १२ फागुन । बहुविवाह मुद्दामा फरार रहेका एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १ निवासी २४ वर्षिय यादव बिसी रहेका छन् ।

बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा घोराही उपमहानगरपालिका १ काउलेमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

बिसीलाई पक्राउ गरी बिहीबारनै दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको डिएसपी रिजालले जानकारी दिए । उनलाई दाङ देउखुरी जिल्ला अदालतले २०७८ साल असोजको ७ गते बहुविवाहको मुद्दामा ११ महिना १७ दिन कैद सजाय फैसाला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे