शिवरात्रीको अवसरमा फागुन १७ गते जखेरातालमा भव्य मेला तथा सांस्कृतिक कार्यक्रम हुँदै



देउखुरी  १२ फागुन । शिवरात्रीको अवसरमा जखेरातालमा भव्य मेला आयोजना हुने भएको छ । जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठान समितिले शिवरात्रीको अवसरमा एकदिने भव्य मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हाे ।

पर्यटन प्रवद्र्धधन गर्ने उद्देश्यले समितिले फागुन १७ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा जखेरातालमा मेला आयोजना गर्न लागेको हो ।

मेला तथा सांस्कृतिक कार्यक्रममा अहिलेका चर्चित नेपाली लोकदोहोरी गायक तथा मोडेल प्रकाश सपुत, सन्दिप न्यौपाने, गायक, मोडेल, टिकटक स्टार, लोकप्रिय कार्यक्रम प्रस्तोता अनुप बुढामगर, थारु कलाकारहरु दोषहरण चौधरी, बसन्ती चौधरी लगायत अन्य स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाइएको छ ।

आयोजकका अनुसार फागुन १७ गते हुने सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका महासचिव लेलिन बन्जाडेले जानकारी दिए । जखेराताल पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन समितिले संरक्षण एवम् प्रचारको कार्य गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे