दाङमा नेपाल बन्द खुल्यो, एससीसी कुनै पनि हालतमा टेबल गर्न नदिने बन्दकर्ताको भनाई



दाङमा नेपाल बन्द खुल्यो, एससीसी कुनै पनि हालतमा टेबल गर्न नदिने बन्दकर्ताको भनाई

भालुवाङ ४ फागुन । दाङमा नेपाल बन्द बेलुका ५ बजे खुलेको छ ।

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै विप्लवले नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्द खुलेको हो । बन्द खुले सँगै दाङ देउखुरीको जनजिवन सामान्य बन्दै जान थालेको छ ।

बन्दका कारण देउखुरीका मुख्य बजारहरू भालुवाङ, लालमटिया, सिसहनियाँ, लमही, गढवा बजार पुर्णरूपमा बन्द रहेका थिए । छिटपुट मोटरसाइकल वाहेक लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका थिएनन् ।

विभिन्न ठाउँबाट भालुवाङ सम्म आइपुगेका दर्जनाै सवारीसाधनलाई प्रहरीले स्कटिङ गरि गन्तव्यमा पठाएको थियो । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएका थिए ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल बन्द गरेका थिए ।

बन्द पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य सुरज परियारले कुनै पनि हालतमा एससीसी टेवल गर्न नदिने चेतावनी दिनु भएको छ । बरू देश र जनताका लागि बलिदानी दिन पनि पछि नपर्ने चेतावनी दिएका छन् ।

त्यसै गरि सोही पार्टीका मगर मुक्ति मोर्चाका केन्द्रीय कोषाध्यक्ष भिमप्रकाश पुनले एमसिसि बारेमा बेलैमा बुझेनाै भने यसले ठुलो नोक्सानी पुर्‍याउने बताएका छन् । कार्यक्रमको सञ्चालन दाङ जिल्ला विशेष कमिटी सदस्य अदिप गुरूङले गरेका थिए

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे