देउखुरीको चैते शान्तिपुरमा रूखबाट लडेर एक जनाको मृत्यु



देउखुरीको चैते शान्तिपुरमा रूखबाट लडेर एक जनाको मृत्यु

भालुवाङ ४ फागुन । देउखुरीमा रूखबाट लडेर एक युवकको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर १ चैते शान्तिपुरका २६ वर्षिय दिपक सुनारको रूखबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

आज विहान साढे ११ बजे घर नजिक सालको रूखको हाँगा काट्न रूखमा चढेका बेला रूखको हाँगाले उछुटिएर खस्दा गम्भीर घाइते भएका सुनारको भालुवाङ प्रस्तावित अस्पतालमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे