दाङमा राप्तीका २ जना सहित ७ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा राप्तीका २ जना सहित ७ जनामा कोरोना संक्रमण पुष्टि

दाङ ४ फागुन । दाङमा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पिसीआर परिक्षणबाट ५ जना र १० एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा घोराहीका ५ जना र राप्तीका २ जना रहेका छन् । यस्तै आज ३७ जना निको भएका छन् । निको हुनेमा घोराही, लमही, राप्ती, गढवा र तुलसीपुरका २÷२ जना र बबईका १ जना रहेका छन् । जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ३७ रहेको छ । त्यसमध्य घरमा ३३ जना, सामान्य उपचारमा ४ जना रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे