एमालेको नाराबाजीकै बीच केहीबेर संसद् बैठक बसेर सकियो, अर्को बैठक फागुन ६ गते बस्ने



एमालेको नाराबाजीकै बीच केहीबेर संसद् बैठक बसेर सकियो, अर्को बैठक फागुन ६ गते बस्ने

काठमाण्डाै ४ फागुन । प्रतिनिधि सभाको आज बुधवारको बैठक केहीबेर बसेर सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेर बेल घेराउ गरेका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयक संसदमा विचाराधीन रहेको र लगातार बैठक अवरोध गर्दा नीति निर्माण तथा आम नागरिकका समस्या राख्ने थलो बन्धक भएकाले बैठक चल्न दिन आग्रह गरेका थिए ।

तर एमालेका सांसदहरूले एमालेले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले हटाउनुपर्ने, सभामुखले विगतमा गरेका गल्तीबारे माफी माग्नुपर्ने लगायतका माग गर्दै बैठकमा नाराबाजी गरिरहे । 

विधि र प्रक्रियाबाट पनि आफ्ना विरोध राख्न सकिने भएकाले संसद् बन्धक नबनाउन सभामुखले पटक–पटक आग्रह गरेका थिए । 

एमालेको अवरोधकै बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । यस्तै तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पनि बैठकबाट पारित भएको छ । अर्को बैठक यही ६ गते शुक्रवार बस्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे