देउखुरीमा विहानै देखि बन्दको प्रभाव, गन्तव्यमा हिडेका गाडी भालुवाङमै रोकिए



देउखुरीमा विहानै देखि बन्दको प्रभाव, गन्तव्यमा हिडेका गाडी भालुवाङमै रोकिए

भालुवाङ ४ फागुन । दाङको देउखुरीमा आज विहानै देखि बन्दको प्रभाव परेको छ ।

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै विप्लवले नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्द कारण देउखुरीका मुख्य बजारहरू भालुवाङ, लालमटिया, सिसहनियाँ, लमही, गढवा बजार पुर्णरूपमा बन्द रहेको छ भने । छिटपुट मोटरसाइकल वाहेक लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् । विभिन्न ठाउँबाट भालुवाङ सम्म आइपुगेका गाडी पुल्चोकमै रोकिएका छन् ।

त्यस्तै शैक्षिक संस्थाहरू पनि बन्द भएका छन् ।बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ ।

बन्द साँझ ५ बजे खुल्ने भएको छ । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल बन्द गरेका छन् ।

फोटो – दिवस आचार्य
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे