देउखुरीको लालमटियाबाट बन्द गराउँदै हिडेका २ जना बन्दकर्ता पक्राउ



देउखुरीको लालमटियाबाट बन्द गराउँदै हिडेका २ जना बन्दकर्ता पक्राउ

भालुवाङ ४ फागुन । देउखुरीबाट २ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विहान ९ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सडक र बजार बन्द गराउँदै हिडेका विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २ जना कार्यकर्तालाई ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही पार्टीका राप्ती गाउँपालिका वडा नम्बर ३ का सेक्रेटरी अशोक चाैधरी र अखिल क्रान्तिकारीका विद्यार्थी नेता मनोज केसी रहेका छन् ।

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै विप्लवले नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाले संयुक्त रूपमा दाङ सहित नेपाल बन्द गरेका छन् । 

बन्द कारण देउखुरीका मुख्य बजारहरू भालुवाङ, लालमटिया, सिसहनियाँ, लमही, गढवा बजार पुर्णरूपमा बन्द रहेको छ भने । छिटपुट मोटरसाइकल वाहेक लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।

विभिन्न ठाउँबाट भालुवाङ सम्म आइपुगेका ७० बढी सवारीसाधनहरूलाई प्रहरीले स्कटिङ गरि गन्तव्यमा पठाउने गरेको छ ।


त्यस्तै शैक्षिक संस्थाहरू पनि बन्द भएका छन् ।बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ ।


बन्द साँझ ५ बजे खुल्ने भएको छ । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे