दाङमा आफ्नै छोराले बुवाको घाँटी रेटेर हत्या गरे



दाङमा आफ्नै छोराले बुवाको घाँटी रेटेर हत्या गरे

दाङ ४ फागुन । दाङमा एक युवाले आफ्नै बुवाको घाँटी रेटेर हत्या गरेका छन् ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ३ बेलडाँडा निवासी २० वर्षिय गोपाल पुनमगरले बुवा ६३ वर्षिय कर्णबहादुर पुनको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख शुरेसप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बुधवार दिउँसो पानीको गाग्री बोकेर घर आएका बुवामाथी पुनले धारिलो हतियार प्रयोगगरि आक्रमण गरेका थिए ।

घटना स्थलमा प्रहरी पुगेर पुनलाई नियन्त्रणमा लिइ सकेको प्रमुख काफ्लेले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे