दाङमा बिहानै देखि बन्दको प्रभाव, लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प



दाङमा बिहानै देखि बन्दको प्रभाव, लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प

भालुवाङ ४ फागुन । दाङमा आज नेपाल बन्दको प्रभाव पूर्ण रुपमा परेको छ ।

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै विप्लवले नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्द कारण दाङका मुख्य बजारहरू भालुवाङ, सिसहनियाँ, लमही, गढवा, लमही, घोराही, तुलसीपुर, नारायणपुर बजार पुर्णरूपमा बन्द रहेको छ भने । लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।

त्यस्तै शैक्षिक संस्थाहरू पनि बन्द भएका छन् ।बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ ।

बन्द साँझ ५ बजे खुल्ने भएको छ । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे