शिक्षक संगठन राप्तीको बैठक सम्पन्न, सर्वोदयका सहायक प्रअ पोख्रेलको निधन प्रति शोक प्रस्ताव पारित



शिक्षक संगठन राप्तीको बैठक सम्पन्न, सर्वोदयका सहायक प्रअ पोख्रेलको निधन प्रति शोक प्रस्ताव पारित

सिसहनियाँ ३ फागुन । एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाको बैठक मंगलबार मसुरीयामा सम्पन्न भएको छ ।

संगठनका गाउँपालिका अध्यक्ष कृष्णबहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरू पारित गरेको छ । संगठनका सचिव अर्जुनकुमार चौधरी सरुवा भई वाहिर गएकाले सो पदमा सहसचिव गोविन्दप्रसाद चौधरीलाई चयन गरेको छ । भने सदस्य लक्ष्मी शाहीलाई सहसचिबको जिम्मेवारी प्रदान गरिएको छ।

त्यसै गरि रिक्त सदस्य पदमा कृष्णबहादुर सोती मगरलाई चयन गरिएको छ । बैठकले एकिकृत अखिल नेपाल शिक्षक संगठनका पूर्व जिल्ला सदस्य हाल राप्ती गाउँपालिका सदस्य तथा सर्वोदय मावि सिसहनियाका सहायक प्रअ रेशमराज पोख्रेलको आकस्मिक निधनले शिक्षा क्षेत्र र संगठनलाई अतुलनीय क्षती पुगेको भन्दै उनी प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी शोक प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे