भालुवाङ सहित दाङका विभिन्न ठाउँमा नेपाल बन्दको पुर्वसन्धयामा मसाल जुलुस प्रदर्शन



भालुवाङ सहित दाङका विभिन्न ठाउँमा नेपाल बन्दको पुर्वसन्धयामा मसाल जुलुस प्रदर्शन

भालुवाङ ३ फागुन । नेपाल बन्दको पूर्बसन्ध्यामा भालुवाङ सहित दाङका विभिन्न ठाउँमा मसाल जुलुस निकालिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी सहितको संयुक्त राजनीतिक दलको आयोजनमा एमसीसी विरुद्ध भोलीको नेपाल बन्दको पूर्बसन्ध्यामा जिल्लाका घोराही, तुलसीपुर, राजपुर, गढवा लगायतका ठाउँहरुमा मसाल जुलुस निकालिएको हो ।

कोणसभामा बोल्ने बक्ताहरुले दलाल पुँजीबादी सरकारले संसदमा राष्ट्रघाती एमसीसी सम्झौता पास गर्न लागेको हँदा त्यसका विरुद्धमा भोलीको नेपाल बन्दलाई सफल बनाउँन मसाल जुसुल निकालिएको बताए छन् ।

उनीहरुले नेपाल बन्द कुनै संयुुक्त राजनीतिक दलको मात्र नभएर आम नेपाली जनताको पक्षमा भएको र नेपाली जनताको अधिकार, जनजीविका र राष्ट्रिय स्वाधिनताको पक्षमा आफुहरुले छातीमा गोली थाप्न पनि पछाडि नपर्ने बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी घोराही उपमहानर इञ्चार्ज निर्मल केसी, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवाल सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज दिपक विष्ट, नेकपा माओवादी (क्रान्तिकारी)बाट रामजी चौधरी, नेकपा माले दाङ जिल्लाका सचिब नेत्रप्रसाद पाण्डेले कोणसभालाई सम्बोधन गरेका हुन् ।

संयुक्त राजनीतिक दलले यो राष्ट्रघाती एमसीसीको विरुद्धको भोलीको नेपाल बन्दलाई सफल बनाउँनका लागि सम्पूर्ण देशभक्त, राष्ट्रवादी, यातायात व्यवसायी, उद्यागी, व्यपारी, कलाकारखाना लगातलाई सहयोग अपिल गरेको छ ।

नेपाल बन्दको पूर्बसन्ध्यामा घोराहीको नेत्रलाल चोकबाट निकालिएको मसाल जुलुस सहिद गेटमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभाको सहजीकरण अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा दाङ जिल्लाका अध्यक्ष अम्मर खड्काले गरेका थिए ।

त्यसैगरी राजपुरको भैसाहवा चोकमा  र बेलामा गरि राजपुरको २ ठाँउमा मशाल जुलुस कार्यक्रम सम्पन्न गरेको नेकपा राजपुरले जनाइएको छ  ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा राजपुरका इन्चार्ज कमरेड उज्ज्वलले बर्तमान गठबन्धन सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने प्रयास गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथि निर्मम प्रहार र दुस्साहस गरेकाले प्रत्येक नेपाली जनताहरु यसको विरोध उभिनुपर्ने बताए ।

नेकपा राजपुर गाउकमिटी इन्चार्ज उज्वल ,मधेसी मुक्ती मोर्चा नेपाल दाङका संयोजक शुर्य यादव,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य तथा अखिल किसान क्रान्तिकारीका उपाध्यक्ष भिम बहादुर बुढाथोकी,नेकपा दाङ जिल्ला सदस्य हरिप्रसाद,रामप्रसाद लगाएतको युवा संगठनका युवा साथिहरुको उपस्थिति रहेको नेकपा राजपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे