जनमोर्चा राप्ती ३ को विस्तारित बैठक सम्पन्न, संगठन विस्तारका लागि जिम्मेवारी बाँडफाँड



जनमोर्चा राप्ती ३ को विस्तारित बैठक सम्पन्न, संगठन विस्तारका लागि जिम्मेवारी बाँडफाँड

भालुवाङ ४ फागुन । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका वडा नम्बर ३ को विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

वडा अध्यक्ष दलबहादुर घर्तिमगरको अध्यक्षता एवम् अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको बैठकले संघीयता खारेजी एमसीसी बारे प्रशिक्षण दिदै नेपालमा एमसीसी लागु भएमा नेपाली जनताका अधिकार समेत गुम्ने भएको  हुँदा सो को खारेजीको लागि नेपाली जनताले अब जोडदार रूपले आन्दोलन गर्ने बेला आएको बताए ।

कार्यक्रममा तराई मधेस जनवादी मोर्चाका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी, जातिय समता समाज लुम्बिनी प्रदेश कि सदस्य शान्ति सुमार, राजमो दाङ जिल्ला सदस्य तथा राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल, अनेरास्ववियु  छ‌ैठाै दाङ जिल्ला उपाध्यक्ष सरिता पुन, अखिल नेपाल महिला संघ राप्ती गाउँपालिका सल्लाहाकार सरस्वती पाैडेल, घण्टदेव सामुदायिक वनका सल्लाहकार संगिता चौधरी लगायतकाले मन्तव्य राखेका थिए ।

शान्ति सुनारको स्वागत मन्तव्यबाट सुरू भएको बैठकको सञ्चालन  सचिव चम्फा भुसालले गरेकी थिइन् । बैठकले संगठन विस्तारका वडा नम्बर ३ का टोल स्तरको जिम्मेवानी समेत बाडफाड समेत  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे