भोलीको बन्दलाई मध्यनजर गरि सुरक्षा व्यवस्था मजबुद बनाउन गृहको निर्देशन



भोलीको बन्दलाई मध्यनजर गरि सुरक्षा व्यवस्था मजबुद बनाउन गृहको निर्देशन

फागुन ३ काठमाडौ – भाेलि हुने भनिएकाे नेत्र विक्रम चन्द नेतृत्वको नेकपा लगाएत ६ दलले नेपाल बन्दकाे घाेषणा गरेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएकाे छ।

मन्त्रालयले मंगलबार एक सुचना सार्वजनिक गर्दै भाेलि नेपाल बन्दकाे सुचना प्राप्त भएसंगै साेमबार बेलुका देखि नै जुलुस तथा भेलाहरु भइरहेको हुदा सम्बन्धि सबै जिल्लामा सुरक्षा अवस्था अनुसार तयार रहन गृहले सबै जिल्ला प्रशासनलाई निर्देशन सहित पत्राचार गरेकाे छ।

उक्त जुलुस तथा बन्दकाे समयमा कानुन विपरीतका गतिविधि हुनदिन उच्च सतर्कता र निगरानी बढाउन सम्बन्धित जिल्ला शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न जिल्ला प्रशासन सबैलाई आदेश गरेकाे छ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले एमसीसीकाे विराेधमा नेपाल बन्दकाे घाेषणा गरेका छन।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे