देउखुरीकाे पाखापानीमा बिहानै देखि अवरुद्ध पुर्व-पश्चिम राजमार्ग खुल्यो



देउखुरीकाे पाखापानीमा बिहानै देखि अवरुद्ध पुर्व-पश्चिम राजमार्ग खुल्यो

भालुवाङ ३ फागुन ! मंगलबार बिहानै देखि अवरुद्ध रहेको पुर्व पश्चिम राजमार्ग खुलेको छ । टिप्परको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।पीडित पक्ष र सरोकारवाला बीच लामो छलफल पछि बाटो खोल्ने सहमति भएको हो ।

पीडित पक्षलाई नियमानुसार पाउने क्षतिपूर्ति बाहेक थप ५ लाख दिने, छोराछोरीलाई पढाई दिने र श्रीमानलाई रोजगार दिने सहमति भएको छ ।

मंगलबार विहान सवा ६ बजे पुर्वबाट पश्चिम आउँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीया डिला पौडेलको मृत्यु भएको थियो । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे