देउखुरीको पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी एक महिलाको घटना स्थलमै मृत्यु



देउखुरीको पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी एक महिलाको घटना स्थलमै मृत्यु

भालुवाङ ३ फागुन । दाङ देउखुरीमा एका विहानै दुखद घटना घटेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी एक महिलाको घटना स्थलमा मृत्यु भएको छ ।

आज विहान सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षिय डिला पाैडेलको घटना स्थलमै मृत्यु भएको रेडियो राप्ती तथा राप्ती टेलिभिजनका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीले जानकारी दिएका छन् ।

साइकलमा दूध बेच्न भालुवाङ हिडेकी महिलालाई उक्त टिप्टरले ठक्कर दिएको हो । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना पछि मृतकका आफन्त तथा स्थानीयले बन्द गरेको बाटो प्रहरीले खुलाए पनि फेरि आक्रोसित स्थानीयले बाटो बन्द गरेका छन् । यता बाटो खुलाउने विषयमा दुवै पक्ष बीच छलफल चलिरहेको छ ।

दोषीलाई कडा भन्दा कडा कारवाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको छ । बाटो बन्द भएपछि गन्तव्यमा जान लागेका सवै गाडी रोकिएका छन् । घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे