दाङमा सोमबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना निको



दाङमा सोमबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना निको

दाङ २ फागुन । दाङमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य संञ्चान केन्द्र दाङले जानकारी दिएको छ ।

कोरोना पुष्टि हुनेमा घोराही,शान्तिनगर गाउँपालिका र राप्ती गाउँपालिका एक र एक जना रहेको केन्द्रले जनाएको छ । सोहि अवधिमा १५ जना कोरोना मुक्त भएका छन भने अहिले सक्रिय संक्रमितको संख्या ४४ जना पुगेको केन्द्रले जानकारी दिएको छ ।

त्यसैगरी हाल सम्म जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १० हजार ७ सय ८९ पुगेको छ भने कोरोना मुक्त हुनेहरुको संख्या १० हजार पाँच सय १४ पुगेको छ । दुई जना आईसीयुमा,चार जना सामान्यमा र बाँकी होम आईसोलेसनमा रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे