राप्ती चेम्बर अफ कमर्सको सामाजिक कार्य : प्रेम दिवसमा २६ जनाले गरे रक्तदान



राप्ती चेम्बर अफ कमर्सको सामाजिक कार्य :  प्रेम दिवसमा २६ जनाले गरे रक्तदान

भालुवाङ २ फागुन । दाङमा अझै पनि रगतको समस्या हल हुन नसक्दा कतिपय नागरिकहरुले रगत अभावकै कारण ज्यान गुमाउनु परेको छ । तर पछिल्लो समय भने विभिन्न संघ संस्थाहरुले आफ्नो वार्षिक कार्ययोजना बनाएर रक्तदान कार्यक्रम गर्न थालेका छन् ।

यसै बीच सोमवार राप्ती गाउँपालिकाको आर्थिक तथा लमही रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले प्रेम दिवसको अवसर पारेर राप्ती गाउँपालिकाकोे कार्यालय मसुरीयामा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा सहभागी नागरिकहरुले आफुले गरेको रगत दानले कसैको ज्यान बाँच्छ भने आफुले रक्तदान गर्नु धर्मको काम भएको बताएका छन् ।
चेम्बरले पछिल्लो समय विभिन्न साामजिक कार्य गर्ने क्रममा प्रेम दिवसका दिन रक्तदान कार्यक्रम राखे रक्तदान गर्ने प्रति मायामोह बढ्ने र दाङमा बढ्दो रगत अभावको समस्यालाई केहि हद सम्म कम गर्न सहयोग पुग्ने चेम्बरका प्रथम उपाध्यक्ष मनु बेल्वासेको भनाई रहेको छ ।
दाङमा पहिले पनि महिनामा ४/५ सय एम.एल रगत आवश्यक पर्ने गरेको छ तर समाजका नागरिकहरुमा चेतनाको विकास नहुँदा रगत दान गर्ने क्रम बढ्न नसेको दाङ रक्त सञ्चार सेवा केन्द्रका जिल्ला प्रमुख दिलिप न्यौपानेको भनाई रहेको छ ।

चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, रक्त सञ्चार सेवा केन्द्र दाङका जिल्ला प्रमुख दिलिप न्यौपाने, ससत्र बल नेपाल नम्बर २९ गण हेटक्वाटर ज्यवालामाईगण भालुवाङका सशत्र प्रहरी निरिक्षक दिलिप खड्का, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा रक्त सञ्चार सेवा केन्द्र लमहीका इन्चार्ज मनिशा ठकुरी, तुलसीपुरका इन्चार्ज नरेश चौधरी र प्राविधिकहरु गोपीचन्द्र चौधरी, सिमा वली, निशा रोका क्षेत्री लगायतले सेवा दिएका थिए । चेम्बरका प्रथम उपाध्यक्ष मनु बेल्वासेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे