सर्वोदय मावि सिसहनियाँमा स्व. सहायक प्रअ पोख्रेलको श्रद्धाञ्जली सभा



सर्वोदय मावि सिसहनियाँमा स्व. सहायक प्रअ पोख्रेलको श्रद्धाञ्जली सभा

सिसहनियाँ १ फागुन । सर्वोदय मावि सिसहनियाँले आइतबार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । विद्यालयका स्वर्गीय सहायक प्रअको निधनमा विद्यालयले श्रद्धाञ्जली सभा कार्यक्रम गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापाको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावतको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्ने वक्ताहरूले यश विद्यालयले एक कुशल, इमानदार र सक्षम शिक्षक गुमाएकोमा दुख व्यक्त गरेका थिए ।

साथै उनीहरूले स्व. पोख्रेल जसरी विद्यार्थीहरूको मन जित्न सफल भएका थिए । उहाँ जस्तै अरू शिक्षकहरू पनि उहाँले देखाएको बाटोमा हिड्न सक्नुपर्ने बताएका थिए ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य हरिचन्द्र चाैधरी, शिक्षक अभिभावक संघका अध्यक्ष देवप्रसाद चाैधरी, शिक्षक कृष्णबहादुर बुढा, हंशराज चाैधरी, प्रावि थकरीकोट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तराम सारू मगर र विद्यार्थी ताराप्रसाद शर्मा लगायतका वक्ताहरूले शोक मन्तव्य व्यक्त गरेका थिए । स्व. पोख्रेलको जिवनी सुनाउनुका साथै कार्यक्रमको सञ्चालन शिक्षक रामकृष्ण पाैडेलले गरेका थिए ।

राप्ती गाउँपालिका वडा नम्बर ३ बाघढढ्डी निवासी ४९ वर्षिय पोख्रेलको काठमाण्डौं बालाजु स्थित नेपाल भ्यु होटलको ५ तल्ला भवनबाट खसेर मृत्यु भएको थियो ।

विवाहमा गएका पोख्रेल गएको माघ २६ गते बुधवार राती २ बजे होटलको छतबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते पोख्रेलको काठमाण्डौं बीर अस्पतालमा उपचारका क्रममा माघ २७ बिहिवार विहान ८ बजे मृत्यु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे