माओवादी केन्द्र राप्तीले शुभकामना आदानप्रदान गरी २७ औँ जनयुद्ध दिवस मनायो



माओवादी केन्द्र राप्तीले शुभकामना आदानप्रदान गरी २७ औँ जनयुद्ध दिवस मनायो

भालुवाङ १ फागुन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले आइतबार मसुरीयामा २७ औँ जनयुद्ध दिवस मनाएको छ । दिवसका अवसरमा संगठन कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम गरि दिवस मनाएको हो ।

संगठन कमिटीका अध्यक्ष श्यामेश चौधरीको अध्यक्षता एवम् पार्टीका लुम्बिनी प्रदेश कमिटीका सदस्य लुमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुलाई शहिदहरुको बलिदानी र त्याग तपस्यालाई भुल्न नहुने बताएका थिए ।

पार्टीका राप्ती गाउँपालिकाका सदस्य बसन्त नेपालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा वडा अध्यक्षहरू रिमबहादुर सुनारी मगर,चन्दर चौधरी, जगतबहादुर थापा, नेपाल दलित मुक्ति मोर्चाका राप्ती गाउँपालिका अध्यक्ष शेरबहादुर सुनार, अनेरास्ववियुका राप्ती गाउँपालिका अध्यक्ष भुवन केसी, अखिल नेपाल महिला संघ क्रान्तिकारी राप्ती गाउँपालिका अध्यक्ष हिमा पुरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिवालय सदस्य मुरारी कार्की, पार्टीका राप्ती गाउँपालिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार धर्मराज अधिकारी, जिल्ला कमिटी सदस्य चित्रबहादुर थापा, जिल्ला कमिटी सल्लाहकार कृष्ण गिरी लगायतका वक्ताहरूले बाेलेका थिए ।

कार्यक्रममा जनसाँस्कृतिक मञ्चका कलाकारहरूले विभिन्न साँस्कृतिक प्रस्तुति राखेका थिए । भने शहिदहरू प्रति मल्यार्णपण गरेका थिए । कार्यक्रमको सञ्चालन पालिका सचिव तुला गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे