कालीमाटी–काठमाडौं सिधा बस सेवा शुरू



कालीमाटी–काठमाडौं सिधा बस सेवा शुरू

कालीमाटी १ फागुन  । त्रिसिद्देश्वरि राप्ती यातायात सेवा प्रालिले सल्यानको कालीमाटीबाट रात्री बस सन्चालनमा ल्याएको छ । कालीमाटी  गाउँपालिका क्षेत्र र पश्चिम दाङबासीको आबस्यकतालाई मध्यनजर गर्दै सल्यानको कालीमाटीबाट सिधा काठमाडौं बस सन्चालन गरेको छ ।

कालीमाटीबाट काठमाडौं दिउँसो ३ बजे र काठमाडौं –कालीमाटी साँझ ५ः३० बजे बस छुटने तालिका मिलाईएको छ, भने भाडादर पन्ध्र सय रूपैयाँ कायम गरिएको छ ।

प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता एवम कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खत्री र अध्यक्ष हमालले सयुक्त रुपमा रिवन काटेर सेवा शुभारम्भ
गरेका थिए ।

सो अबसरमा बोल्दै प्रालिका अध्यक्ष सुरेश हमालले देशका सबैजसो शहरहरुमा आफूहरुले दशैकौ देखि निरन्तर यातायात सन्चालन गरिरहेको बताए । उनले ग्रामिण क्षेत्रलाई शहर सङ्ग जोडन कालिमाटि बाट काठमाडौं डिलक्स
रात्रि बस सन्चालन गरेको जानकारी दिए । उनले  नयाँ रुटमा यातायात सन्चालन गर्दा सबैको सहयोग आबश्यक रहेको समेत बताए ।

कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष सहन सिलता खत्री, वडा नम्बर ३ का वडाध्यक्ष बिरबहादुर वली, बबई गाउपालिका वडा नम्बर २ का अध्यक्ष चिन्तामणि शर्मा, नेपाली काग्रेसका पालिका सभापति टोपबहादुर केसी, नेकपा एमालेका अध्यक्ष केशरसिह बुढा, नेकपा माओबादी केन्द्रका सचिव सालिकराम भट्टराई, नेकपा एमाले समाजबादीका अध्यक्ष गेहेन्द्र केसी, नेपाल स्वतन्त्र मजदुर सङ्गठन दाङका अध्यक्ष केशब भण्डारि,ब्यबसायीहरु उमेशचन्द्र मजगैया र प्रकाश भट्ट लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे