राप्तीकाे ३ नम्बर वडालाई नमुना कृषि गाउँ बनाउँछु : कृषि मन्त्री राईमाझी



राप्तीकाे ३ नम्बर वडालाई नमुना कृषि गाउँ बनाउँछु : कृषि मन्त्री राईमाझी
भालुवाङ १ फागुन। लुम्बिनी प्रदेश कृषि, खाद्य प्रबृधि तथा भूमि सुधार मन्त्री तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य सुमन शर्मा राईमाझीले देउखुरीकाे राप्ती गाउँपालिकाकाे ३ नम्बर वडा नमुना कृषि गाउँ बनाउने बताएकी छिन् ।
जनता समाजवादी पार्टी नेपाल राप्ती गाउँपालिका कमिटीले शनिबार देउखुरीकाे राप्ती गाउँपालिका-३, बसन्तापुर स्वीजरल्याण्डमा आयाेजना गरेकाे संगठन सुद्धढिकरण तथा जनजागरण कार्यक्रममा बाेल्दै मन्त्री राईमाझीले यस्ताे बताइकी हुन् ।  उनले राप्ती गाउँपालिका-३ नम्बर वडालाई प्रदेश कै कृषिहवकाे रूपमा विकास गर्नका लागि आवश्यक बजेट समेत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् ।
मैले राप्ती गाउँपालिकामा छिर्दा समान्य किसानले एक कठ्ठा जग्गामा थुप्रै किसिमका तरकारी तथा अन्न बाली खेती गरेकाे देखे, यस्ताे देख्दा मलाई यहाँका किसानहरू प्रति निकै दया जागेर आयाे, त्यसैले मैले याे वडालाई कृषि गाउँकाे रूपमा विकास गर्न चाहन्छु, मन्त्री राईमाझीले भनिन् ।
याे वडालाई नमुना कृषि गाउँ बनाउन कति बजेट त्यही अनुसार प्रदेश सरकार बजेट छुटाउन तयार रहेकाे समेत बताइन् । जनता समाजवादी पार्टी राप्ती गाउँपालिका कमिटी अध्यक्ष रणप्रसाद सुवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथीकाे आसनबाट बाेल्दै मन्त्री राईमाझीले अब कृषि मन्त्रालयले सहज र सरल तरिकाले बास्तविक किसान सम्म प्रदेश सरकारकाे कृषि कार्यक्रमलाई सही तरिकाले पुर्याेउनका लागि याेजनाबद्ध तरिकाले अगाडी बढेकाे बताइन् ।  साथै उनले देउखुरीकाे नमुना स्वीईजरल्याण्डकाे आवश्यक विकासका लागि समेत प्रदेश सरकारबाट बजेटकाे व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाइन् ।
जनता समाजवादी पार्टीका दाङ जिल्ला कमिटी सदस्य गिरबहादुर जिएमकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा बाेल्दै कार्यक्रमका बिशिष्ट अतिथी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका मुख्य सचिव यज्ञ पाेख्रेलले जनता समाजवादी पार्टी देश कै एक मात्र बैकल्पिक शक्ति भएकाेले देशलाई समृद्ध बनाउन स्पष्ट भिजन र याेजना रहेकाे बताए ।
उनले अरू पार्टी चुनाब केन्द्रीत मात्र राजनिति गर्छन् तर हामी चुनाव भन्दा पनि देश र जनता र राष्ट्रियताकाे मुद्दालाई लिएर राजनीति गरेकाे बताए । उनले संघीयता, सुशासन र समृद्धकाे असली पहरेदार आफ्नाे पार्टी मात्र भएकाे ठाेकुवा समेत गरे ।
कार्यक्रम पार्टीका संघीय परिषद् सदस्य टाेपबहादुर कार्की, पार्टीका दाङ जिल्ला इन्चार्ज भरतलाल चाैधरी, पार्टीका जिल्ला सदस्यहरू सिताराम यादव, फुलराम चाैधरी, दुखीराम चाैधरी, पार्टीका गढवा गाउँपालिका कमिटी अध्यक्ष महबुल अलि र राप्ती गाउँपालिका कमिटी सचिव गाेपाल राेका लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साे अवसरमा विभिन्न पार्टी परित्याग गरी सयाैँकाे संख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । नव प्रवेशीहरूलाई मन्त्री सुमन शर्मा राईमाझी र पार्टीका लुम्बिनी प्रदेश कमिटीका मुख्य सचिव यज्ञ पाेख्रेलले टिका र माला लगाएर स्वागत गरेका थिए ।
राष्ट्रियगान र सहिदहरूकाे सम्झनामा एक मिनेट माैनधारण गरेर शुरू भएकाे कार्यक्रमकाे सञ्चालन पार्टीका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष हाेमप्रसाद शर्माले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे