अखिल नेपाल शिक्षक संघ दाङको चौथो जिल्ला अधिवेशन सम्पन्न



अखिल नेपाल शिक्षक संघ दाङको चौथो जिल्ला अधिवेशन सम्पन्न

देउखुरी १५ माघ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघ दाङको चौथो जिल्ला अधिवेशन शनिबार देउखुरीकाे लमहीमा सम्पन्न भएको छ ।
संघका दाङ जिल्ला अध्यक्ष भानु जिएमको अध्यक्षता एवम् संघ कै केन्द्रीय सदस्य लालबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि लालबहादुर भण्डारी, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य र अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कपिलदेव खनालले शुभकामना मन्तव्य दिएका थिए । उपाध्यक्ष ठाकुरप्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रको संचालन सचिव रुमालप्रसाद बसेलले गरेका थिए।

अधिवेशनकाे बन्दसत्रले रुमालप्रसाद बसेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ। जसको उपाध्यक्षमा तुल्सीप्रसाद भण्डारी, महिला उपाध्यक्षमा संगीता गिरी, सचिवमा ठाकुरप्रसाद खनाल, कोषाध्यक्षमा रामकृष्ण पौडेल, सह-सचिवमा उमाकला खनाल र सह कोषाध्यक्षमा ललिता पोख्रेल रहेका छन्।
त्यसैगरी अन्य सदस्यहरूमा देवलाल यादव, ओमबहादुर मगर, सुरज शर्मा, माधव वेल्वासे, दिपक पोख्रेल , बोमलाल भण्डारी, विष्णु पोख्रेल, कमला पाण्डे, कृष्णबहादुर थापा, जागेश्वर केसी, सन्तोष वि.क., मधुसुदन केसी, शरद शर्मा, हेमन्तकुमार यादव र मोहनलाल यादव रहेका छन्।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा भानु जीएम, विप्लव अधिकारी, केशवराज आचार्य र सीता पोख्रेललाई चयन गरेकाे छ भने सल्लाहकारहरुमा रामसुरत यादव, भीमप्रसाद वेल्वासे, राजितराम यादव, डि.आर.भण्डारी, दुर्गाबहादुर बस्नेत र वसन्तराज भट्टराई चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे