रेडियो राप्ती तथा राप्ती टेलिभिजन परिवारद्धारा पौडेल निवास पुगेर श्रद्धाञ्जली अर्पण



रेडियो राप्ती तथा राप्ती टेलिभिजन परिवारद्धारा पौडेल निवास पुगेर श्रद्धाञ्जली अर्पण

भालुवाङ १५ माघ । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समिती सदस्यद्धय ऋषिराम पौडेलकी ममतामय माता तथा कौसल्यादेवी पौडेलकी सासु आमा तिलकादेवी पौडेलको यही माघ १२ गते ७६ बर्षको उमेरमा भएको दुखद निधनप्रति रेडियो तथा टेलिभिजन परिवारले पौडेल निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ ।

सञ्चालक समितीका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीको नेतृत्वमा सञ्चालक समितीका पद्धाधिकारी, कर्मचारी र स्रोता क्लबका सदस्यहरु सहित गएको टोलीले पौडेल निवासमा पुगेर स्वर्गीय तिलकादेवी पौडेलको संमवेदना सहितको ब्यानर झुण्डाएर श्रद्धाञ्जली अर्पण गरेको हो ।

सो अवसरमा सञ्चालक समिती, समस्त कर्मचारी र समावेशी रेडियो राप्ती स्रोता क्लब परिवारका पद्धाधिकारी र सदस्यहरु सहितको छुट्टाछुट्टै तीन वटा व्यानर झुण्डाएर श्रद्धाञ्जली अर्पण गरिएको स्टेसन म्यानेजर ओमप्रकाश गुप्ताले जानकारी दिए ।

श्रद्धाञ्जली अर्पण गर्दै रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितीका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीले स्वर्गीय तिलकादेवी पौडेलको निधनप्रति दुख व्यक्त गरे । उनले स्वर्गीय पौडेलको मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनप्रति गहिरो संमवेदना प्रकट गरे ।

श्रद्धाञ्जली अर्पण कार्यक्रममा रेडियो राप्ती तथा राप्ती टेलिभिजन स्टेसन म्यानेजर तथा समाचार प्रमुख ओमप्रकाश गुप्ता, सहायक स्टेसन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ता, लेखा तथा प्राविधिक प्रमुख अरुण पौडेल, प्रमुख समाचार बाचिका तथा स्टेसन व्यवस्थापक अंशु बोहरा, समावेशी रेडियो राप्ती स्रोता क्लबका अध्यक्ष लालमणि भुसाल, सह—सचिव बिनोद बेल्बासे र सदस्य सपना रिजाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे