प्रेस सेन्टरकाे आज १८ ओेेैं स्थापना दिवस, दाङमा दीप प्रज्वलन गरेर मनाइदै



प्रेस सेन्टरकाे आज १८ ओेेैं स्थापना दिवस, दाङमा दीप प्रज्वलन गरेर मनाइदै

घाेराही १५ माघ । प्रेस सेन्टर नेपालकाे १८ ओेेैं स्थापना दिवसको अवसरमा दाङमा दीप प्रज्वलन गरिने भएकाे छ ।

आज बेलुकी ६ बजे नेपाल पत्रकार महासंघ दाङकाे प्रांगणमा दीप प्रज्वलन गरिने प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले जानकारी दिएका छन् ।

काेराेना महामारी भएकाले स्थापना दिवसका अन्य सम्पूर्ण कार्यक्रमहरू भने स्थगित गरिएकाे उहाँले जानकारी दिए । “सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पालना गर्दै दीप प्रज्वलन गरिने छ,” शर्माले भने, “हाम्रा अग्रजहरूकाे निकै कठिन पूर्ण संघर्ष र त्याग तपस्याबाट स्थापना भएकाे प्रेस सेन्टरकाे इतिहास निकै गाैरवपूर्ण रहेकाे छ ।”

यसैबीच सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीले विज्ञप्ति निकालेर स्थापना दिवसकाे अवसरमा शुभकामना व्यक्त गरे । “न्याय, समानता र परिवर्तनका लागि श्रमजीवीकाे पक्षमा कलम चलाउने सम्पूर्ण कलमजिवीहरूमा हार्दिक शुभकामना,” विज्ञप्तिमा भनिएकाे छ, “हाम्रा अग्रजहरूले देखाउनुभएकाे बाटाेमा हामी सधै लामबद्घ हुने छाैं ।”

विज्ञप्तिमा आज बेलुकी ६ बजे पत्रकार महासंघकाे प्रांगणमा आयाेजना गरिएकाे दीप प्रज्वलनमा सहभागी हुन सम्पूर्ण सञ्चारकर्मीहरूलाई आग्रह गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे