नेपालमा शनिबार थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ९२४ जना निको



नेपालमा शनिबार थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ९२४ जना निको

काठमाण्डाै १५ माघ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको र ५ हजार ९ सय २४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार ५ सय ६२ जनाको नमूना परीक्षण गर्दा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ३ जना पुगेको छ ।

अहिले नेपालमा ८७ हजार ३ सय २९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे