देउखुरीको राप्तीमा ९ जना सहित दाङमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि



देउखुरीको राप्तीमा ९ जना सहित दाङमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

दाङ १५ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा ९ जना सहित दाङमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकी र प्रस्तावित भालुवाङ अस्पतालमा ११ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ५ महिला र ४ जना पुरूष गरी कुल ९ जनामा संक्रमण पुष्टि भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

यता दाङमा शुक्रवार थप ३८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । १९ जनाको पिसिआर परिक्षणबाट ५ जना र ६० जनाको एन्टीजेन परिक्षणबाट ५४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो । यस्तै शुक्रवार थपिनेमा तुलसीपुरका १७ जना, घोराहीका ७ जना, गढवाका ४, दंगीशरणका एक जना र जिल्ला बाहिरका २ जनामा कोरोना देखिएको हो ।

यसै विच शुक्रवार ६४ जना कोरोना मुुक्त भएका छन् । जसमा तुलसीपुरका ४१, घोराहीका १९ , राप्तीका २, दंगिशरण र जिल्ला बाहिरका १÷१ जना गरी शुक्रवार ६४ जना निको भएका छन् । शुक्रवार ३८ जना थपिएसँगै दाङमा सकृय बिरामीको संख्या ४ सय ४४ पुगकोे छ । उनिहरु मध्य ४ सय ६६ जना घरमै, ५ जना आईसीयुुमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे