देउखुरीको अमिलियामा १४ जनामा कोरोना संक्रमण पुष्टि



देउखुरीको अमिलियामा १४ जनामा कोरोना संक्रमण पुष्टि

लमही १५ माघ । लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा शुक्रवार गरिएको एन्टिजेन कोरोना परिक्षण घुम्ती शिविरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश सरकार स्वास्थ, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ निर्देशनालय स्वास्थ कार्यालय दाङको आयोजनामा ९२ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १४ जनामा संक्रमण पुष्टि भएको लमही नगरपालिका स्वास्थ शाखा प्रमुख लालमणि सुवेदीले जानकारी दिए ।

उनका अनुसार बढी भिडभाड हुने क्षेत्र छनोट गरि निरन्तर रुपमा परिक्षण कार्य अगाडि बढाएको बताउनु भयो । शनिबार देखि लमही अस्पतालमा पनि परिक्षण गरिने र लमही नगरपालिका भित्रका सबै नागरिकहरुलाई कोरोना शंका लागे परिक्षण गराउन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे