रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितिका सदस्य पौडेललाई मातृ शोक



रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितिका सदस्य पौडेललाई मातृ शोक

लालमटिया १२ माघ । भालुवाङ सञ्चार सेवा प्रालि द्धारा सञ्चालित रेडियो राप्ती ९८.४ मेगाहर्ज तथा राप्ती टेलिभिजन सञ्चालक समितीका सदस्य ऋषि पौडेललाई मातृ शोक परेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी पौडेलकी ममतामय आमा तिलकादेवी पौडेलको बुधबार ७६ बर्षको उमेरमा दुखद निधन भएको हो ।

सञ्चालक समितिका सदस्य कौशिल्यादेवी पौडेलको सासु आमा समेत रहनु भएकी पौडेलको निधन प्रति रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितिका अध्यक्ष रामप्रसाद उपाध्याय तथा स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताले पौडेलको निधनले निकै दुखी बनाएको भन्दै दुखको यस घडीमा दिंंवगत आत्माको चिरशन्तिको कामना गर्दै शोकाकुल परिवार जनप्रति ईश्वरले धर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गरेका छन् ।

साथै पौडेलको निधनमा माघ १३ बिहिबार एक दिन रेडियो राप्ती ९८.४ मेगाहर्ज तथा राप्ती टेलिभिजनको सम्पूर्ण नियमित कार्यक्रम, विज्ञापन एवम् बाह्य समाचार प्रसारण रोकी शोक मनाइने भएकोले सो समयमा नियमित समाचार, बुलिटिन र भजनगीत मात्र प्रसारण हुने सम्पूर्ण स्रोता, दर्शक र विज्ञापनदातामा स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताले जानकारी गराएका छन् । यसबाट सम्पूर्ण स्रोता, दर्शक तथा विज्ञापनदातामा पर्न गएको असुविधा प्रति क्षमा याचना समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे