लुम्बिनी प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी



लुम्बिनी प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

दाङ १२ माघ । लुम्बिनी प्रदेशमा बुधबार भएको तीन जना राष्ट्रिय सभा सदस्यको चुनाव सत्तारूढ गठबन्धनले जितेको छ। निर्वाचनबाट नेपाली काँग्रेसबाट बाँकेका युवराज शर्मा , पाल्पाकी नेकपा (एकीकृत समाजबादीकी) राजेन्द्रलक्ष्मी गैरे र रुपेन्देहीका राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् । त्यस्तै नेकपा एमालेका भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता पराजित भएका हुन ।

निर्वाचन पछि नेपाली काँग्रेसबाट निर्वाचित शर्माले लामो समयदेखि आँफू काँग्रेसको राजनीतिमा अनवरत लागेको स्मरण गरे । उनले राष्ट्रिय सभामा निर्वाचित भएपछि प्राप्त जिम्मेवारी इमान्दारीता र पार्दशिता पूर्वक पूरा गर्ने बचन बद्धता ब्यक्त गरे । त्यस्तै एकीकृत समाजबादीकी गैरेले गठबन्धनको जितेले प्रतिगामीहरुको हार भएको तर्क गरिन । उनले पछाडि परेका बर्ग र समुदायको लागि नीति निर्माण तहमा भूमिका खेल्ने बताइन । त्यस्तै राष्ट्रिय जनमोर्चाका विश्वकर्मा निर्वाचित भएपछि लामोबलिदानीबाट प्राप्त गणतन्त्र र संघीयतामाथि हुन थालेको प्रहार रोक्नको लागि गठबन्धनको जितले सहज तुल्याएको प्रतिक्रिया दिए ।

उनले भविस्यमा पनि अहिलेको दलिय गठबन्धन आवश्यक रहेको बताए । जितपछि गठबन्धनका नेता कार्यकर्ताले अभिर माला लगाउँदै खुसियाली मनाएका थिए । राष्ट्रिय सभाको निर्वाचन दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रका भएको थियो । निर्वाचन अधिकृत ऋतेन्द्र थापाले मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मत भार प्राप्त गर्दै निर्वाचित भएका हुन । त्यस्तै प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारका पक्षमा ३ हजार ३ सय १२ मतभार मात्रै पुगेको थियो ।

तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मतदान गरेका थिए भने स्थानीय तहका २ सय १३ मतदाताले भोट खसालेका थिए।राप्रपाले निर्वाचन बहिस्कार गरेको हुँदा दुई मत खस्न सकेन । राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे