फरार कैदी परियारलाई अदालत बुझाईयो, भोली (बुधबार) थुनछेक बहस हुने



फरार कैदी परियारलाई अदालत बुझाईयो, भोली (बुधबार) थुनछेक बहस हुने

दाङ ११ माघ । घोराही कारागारबाट भागेको एक महिना पछि पक्राउ परेका कैदी यमराज परियारलाई कारागार प्रशासनले मंगलबार अदालतमा बुझाएको छ । गत पुस ८ गते दिउँसो भागेका कर्तव्य ज्यान मुुद्धाका कैदी परियारलाई भारतको पञ्जाबबाट पक्राउ गरेर प्रहरीले हिजो सार्वजनिक गरेको थियो ।

कैदी परियारलाई आज कारागार प्रशासन मार्फत दाङ जिल्ला अदालतमा प्रहरीले पेश परेको हो । अदालतमा अबेर लगिएको र गोलाप्रथाबाट प्रकृया अघि बढाउनुपर्ने भएका कारण मंगलबार समय अभाब भएकाले पुनः प्रहरी हिरासतमा राख्न भनिएको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिए ।

समय अभाबका कारण आज प्रहरी हिसासतमै राख्न भनिएको र भोली बयान सँगै थुुनछेकको आदेश हुुने उनको भनाई छ । कारागारका नाईके समेत रहेका परियारले आर्थिक चलखेल गरेर भागेको प्रहरीको अनुसन्धानले देखाएको छ । कारागार प्रशासन र सुरक्षा संयन्त्रलाई नै आर्थिक प्रलोभनमा पारेर अस्पताल जाने बहानामा भागेको प्रहरी स्रोतको भनाई छ ।

प्रेमिकाको हत्या मुुद्धामा २० बर्ष कैद सजाय पाएका परियारले साढे ७ बर्ष कैद भुक्तान गरेका थिए । कानुुनमा कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे