दाङमा मंगलबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त



दाङमा मंगलबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त

दाङ ११ माघ । दाङमा मंगलबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनाको पिसिआर परिक्षण गर्दा ३१ जना र विभिन्न ठाउँमा ९० जनाको एन्टीजेन परिक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका ६५ जना, तुलसीपुरका ८ जना, लमही र दंगिशरणका ४/ ४ जना, बंगलाचुुलीका २ जना, शान्तिनगर, गढवा र राप्तीका एक एक जना र जिल्ला बाहिरका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यसैबीच आज १५ जना कोरोना मुक्त भएका छन् । घोराहीका ८, गढवा र दंगिशरणका तीन तीन र तुलसीपुरका एक जना कोरोना मुक्त भएका हुन् । दाङमा अहिले सकृय विरामीको संख्या ४ सय ३६ जना रहेको छ ।

उनिहरु मध्य घरमा ४ सय २६ जना, आईसीयुुमा ७ जना र अक्सिजन सहितको उपचारमा ३ जना रहेका छन् । गएको बैशाख यता कोरोना संक्रमितको संख्या १० हजार २ सय ७३ पुगेको छ । ति मध्य ९ हजार ६ सय १८ जना निको भएका छन् भने २ सय १९ जनाको मृत्युभएको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे