दाङमा चार वर्षको अबधीमा ७४ हजार बढी मतदाता थपिए



दाङमा चार वर्षको अबधीमा ७४ हजार बढी मतदाता थपिए

दाङ ११ माघ । दाङमा चार वर्षको अबधीमा ७४ हजार बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङको तत्यांक अनुसार २०७४ सालको निर्वाचन यता ७४ हजार ४ सय २३ जना मतदाता थपिएका हुन् ।

२०७४ सालमा ३ लाख ३८ हजार ९ सय ५३ जना मतदाता रहेकोमा चार बर्षपछि अहिले बढेर ४ लाख १३ हजार ३ सय ७६ जना पुगेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

अहिले एक लाख ७२ हजार ८ सय ३३ जना महिला, १ लाख ६६ हजार १ सय १८ जना पुरुष र २ जना तेस्रो लिंगी मतदाता रहेका छन् । तथ्यांक अनुसार घोराहीमा एक लाख १४ हजार एक सय १५ जना, तुलसीपुरमा एक लाख ७ हजार ८ सय ८९ जना, लमहीमा ३४ हजार ७ सय २६ जना मतदाता रहेका छन् ।

त्यसैगरी, गढवामा २९ हजार ५ सय ४२ जना, राप्तीमा ३२ हजार ५ सय १६ जना, राजपुरमा १५ हजार ८ सय ६४ जना, बंगलाचुुलीमा १६ हजार २ सय ७५ जना, दंगिशरणमा १८ हजार २ सय ७ जना, बबईमा २२ हजार ६ सय ३८ जना र शान्तिनगरमा २१ हजार ५ सय ६७ जना मतदाता रहेको सूचना अधिकारी कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे