लमही नगरपालिकाको २ वटा वडा बाट ९ लाख बढीको न्यानो कपडा वितरण



लमही नगरपालिकाको २ वटा वडा बाट ९ लाख बढीको न्यानो कपडा वितरण

लमही १० माघ । दाङको लमही नगरपालिकाको दुई वटा वडाले सोमबार ९ लाख बढीकाे न्यानाे कपडा बितरण गरेका छन् । न्यानाे कपडा बितरण गर्ने कार्य सोमबार देखि सुरु भएको छ ।

ती दुई वटा वडाले कुल ९ लाख ५५ हजार बराबरको न्यानाे कपडा बितरण गरेका हुन । जसमा १/१ थान ब्लाङ्केट रहेकाे छ । लमही नगरपालिका वडा नम्बर ५ र वडा नम्बर ४ ले उक्त कपडा बितरण गरेका हुन् ।

वडा नम्बर ५ ले एकल महिला कुल १८२ जनालाई न्यानाे कपडा बितरण गरेकाे हाे ।उसकाे कुल २ लाख ५० हजारकाे बजेटले साे काम भएको हाे । भने ४ नम्बर वडाका कुल २०८ जना जेष्ठ नागरिकहरु लाई पनि सोमबार नै न्यानाे कपडा बितरण गरिएको बताइएकाे छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसी अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिकाका मेयर कुलबहादुर केसी विशिष्ट आतिथ्यतामा न्यानाे कपडा बितरण गरिएको थियाे । कार्यक्रमकाे सहजीकरण वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष जगनारायण चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे