दाङमा लागु औषध र लेनदेन मुद्धाका दुई फरार प्रतिवादी पक्राउ



दाङमा लागु औषध र लेनदेन मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

दाङ १० माघ । लागु औषध र लेनदेन मुद्धाका दुई फरार प्रतिवादीलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालतबाट २०७७ असार २१ गते लागुऔषध मुद्धामा ४ बर्ष ५ मिहना कैद सजाय फैसला भई फरार रहेका तुलसीपुर ५ का ३६ वर्षिय सिमम कुरेसी र जिल्ला अदालतबाटै २०७७ चैत ५ गते लेनदेन मुद्धामा १ बर्ष कैद सजाय फैसला भई फरार रहेका घोराही १० का ४५ वर्षिय पशुपति आचार्यलाई पक्राउ गरिएको हो ।

लागुऔषध मुद्धामा फरार रहेका कुरेसीलाई १ वर्ष ७ महिना पछि र लेनदेन मुद्धाका आचार्यलाई ११ महिना पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आचार्यलाई शनिबार घोराही १० मा लुकिछपी बसेको अवस्थामा र कुरेसीलाई हिजो विहान तुलसीपुर ५ मै लुकिछपी बसेको अबस्थामा पक्राउ गरी आज दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे