दाङमा सोमबार एकै दिन १२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको



दाङमा सोमबार एकै दिन १२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको

दाङ १० माघ । दाङमा वितेको २४ घण्टामा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर र एन्टिजेन विधिबाट १ सय ६० जनामा परीक्षण गर्दा १ सय २४ जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जानकारी दिएको छ ।

जसमा १ सय २५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय २ जनामा कोरोना पुष्टि भएको छ भने ३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको केन्द्रले बताएको छ ।

सोहि अवधिमा १८ जना कोरोना मुक्त भएका छन । त्यसैगरी जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ६३ पुगेको छ । संक्रमित मध्ये ६ जना आईसीयुमा,एक जना सामान्य वेडमा र ३ सय ५६ जना होम आईसोलेसनमा रहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे