देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

देउखुरी ९ माघ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अरुण देबकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने रामप्रसाद सापकोटा घाइते भएका छन । आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशा बाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका देबकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनको टाउकामा गहिरो चोट लागेको छ ।

त्यस्तै घाइते सापकोटाको सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भैरहेको छ ।मोटरसाइकल मृतक देबकोटाले नै चलाएको र मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे