दाङमा कुनै पनि प्रकारकाे मेला महोत्सव रोक : २५ जना भन्दा बढी भेला हुन नपाइने



दाङमा कुनै पनि प्रकारकाे मेला महोत्सव रोक : २५ जना भन्दा बढी भेला हुन नपाइने

दाङ २७ पुस ।  दाङमा कुनै पनि प्रकारकाे मेला महोत्सव, भेला, सभा तथा सम्मेलन गर्न नपाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार भएको विपत व्यवस्थापन समिति सिसिएमसीको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै २५ जना भन्दा बढी भेला हुने कुनै पनि कार्यक्रममा रोक लगाउने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले मेला महोत्सव तथा भेलाबाट कोरोना संक्रमणको दर बढ्ने देखिएकाले अबस्था सहज नहुदा सम्म त्यस्ता कार्यक्रमहरुलाई रोक लगाउने निर्णय भएको हो । अन्य ठाउँहरुमा पनि २५ जना भन्दा बढी मानिसहरुको जमघट नगर्ने, अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, सावुुन पानी वा स्यानिटाईजरले हातलाई सफा राख्ने कार्यलाई अनिवार्य पालना गर्ने गराउने निर्णय समेत भएको छ ।

त्यस्तै गरी भारत सहित बहिरी देशहरुबाट आउने नागरिकहरुको वडा तहबाट निगरानी गर्ने, सुरक्षित रहन स्वय व्यक्तिले साबधानी र होसियारी अपनाउनुु पर्ने भएको छ । साथै संक्रमितहरुको उपचारका लागि स्रोत साधन, जनशक्तिलाई तयारी अबस्थामा राख्ने तर्फ काम गर्ने समेत निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे