तुलसीपुरमा एकै दिन ३८ जनामा कोरोना संक्रमण पुष्टि



तुलसीपुरमा एकै दिन ३८ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर २७ पुस । तुलसीपुरमा मंगलबार मात्रै ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य निरिक्षक बिमल केसीका अनुसार मंगलबार मेट्रो अस्पतालमा ४५ जनामा गरिएको परिक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी राप्ती आँखा अस्पताल रक्षाचौरमा २५ जनामा गरिएको परिक्षणमा ५ जना, राप्ती प्रादेशिक अस्पतालमा १८ जनामा गरिएको परिक्षणमा ५ जना र तुलसीपुर उपमहानगरपालिकामा ३९ जनाका गरिएको परिक्षणमा ५ जनामा कोरोना पुष्टि भएको केसीले बताए ।

यो संगै तुलसीपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २२३ पुगेको छ । संक्रमित मध्ये ४ जना अस्पतालमा र अन्यसबै होमआईशोलेसनमा रहेका छन् । संक्रमितहरुको अवस्था सामान्य रहेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे