थारू कल्याणकारिणीय सभा क्षेत्रिय समिति देउखुरीको अध्यक्षमा : प्रकाश चौधरी



थारू कल्याणकारिणीय सभा क्षेत्रिय समिति देउखुरीको अध्यक्षमा : प्रकाश चौधरी

लमही २७ पुस । थारू कल्याणकारिणीय सभा क्षेत्रिय समिति देउखुरीको १६ औँ अधिवेशनले प्रकाश चौधरी अध्यक्षमा सर्वसहमतीले चयन भएका छन् । मंगलवार भएको बन्दसत्रले चौधरीको अध्यक्षतामा ५ सदस्य पछि मनोनित गर्ने गरी २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

जसको उपभापतीहरुमा सुशिला चौधरी, गोकुल चौधरी, रम्भा चौधरी, सचिवमा बालगोविन्द चौधरी, सहसचिवमा कर्कट चौधरी, कोषाध्यक्षमा मिनकेतन चौधरी रहनु भएको छ । त्यसै गरी सदस्यहरुमा रामकृष्ण चौधरी, देवमणी चौधरी, कल्लु चौधरी, मनिराम चौधरी, देवीप्रसाद चौधरी, बसन्ती चौधरी, निमा चौधरी, बोधबहादुर चौधरी र हिरालाल चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे