आइटी डिप्लोमा तर्फ सेन्टर मावि तुलसीपुर नेपालकै उत्कृष्ट, आर्दश नमूना मावि लालमटिया निल



आइटी डिप्लोमा तर्फ सेन्टर मावि तुलसीपुर नेपालकै उत्कृष्ट, आर्दश नमूना मावि लालमटिया निल

दाङ २७ पुस । तुलसीपुरमा रहेको सेन्टर मावि सिटीइभिटी अन्तरगत (सूचना प्राविधिक बिषय) को डिप्लोमा तहको परिक्षमा सबैभन्दा धेरै विद्यार्थी उर्तिण गराउन सफल भएको छ । देशैभरी आईटी ईन्फरमेसन टेक्नोलोजी पढाउने ११ वटा क्याम्पस मध्ये मावि सेन्टरमा अध्ययनरत ९० प्रतिशत विद्यार्थी उतिर्ण भएको विद्यालयका प्रध्यानाध्यापक भागवत पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मंगलबार प्रकाशित भएको परिक्षफलमा डिप्लोमा तर्फ ४० जना विद्यार्थीमध्ये ३६ जना उर्तिण भएका हुन् । यो संगै सेन्टर मावि देशैभरमा धेरै विद्यार्थी उर्तिण गराएर नेपालकै उत्कृष्ट भएको हो । सेन्टर मावि पछि दोस्रोमा रौतहतमा रहेको जयकिसन विद्यालय र तेस्रोमा पाल्पामा रहेको मदन पोखरा प्राविधिक शिक्षालयका विद्यार्थी उर्तिण भएका छन् ।

दाङमा रहेको आर्दश नमूना मावि लालमटिया र सरस्वती मावि भने निल भएका छन् । उक्त स्कुलमा डिप्लोमा तहमा २१/२१ जना विद्यार्थी अध्ययनरत रहेपनि कुनै विद्यार्थी उर्तिण भएनन् । तुलसीपुरमा रहेको सेन्टर मावि २०७५ सालदेखि उत्कृष्ट हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे