कालिका सामुदायिक वनको माघी मेला तथा साँस्कृतिक कार्यक्रम स्थगित



कालिका सामुदायिक वनको माघी मेला तथा साँस्कृतिक कार्यक्रम स्थगित

लालमटिया २७ पुस । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा सञ्चालन गर्न लागिएको माघी मेला तथा साँस्कृतिक कार्यक्रम स्थगित गरिएको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजना एवम् रेडियो राप्तीद्वारा गठित समावेशी रेडियो राप्ती स्रोता क्लवको सहआयोजनामा सञ्चालन गर्न लागिएको मेला बढ्दो कोरोना महामारीलाई लक्षित गरि सोमबार राप्ती गाउँपालिकाको सिसिएमसीको बैठकले मेला, महोत्सव तथा भेला, जुलुस गर्न रोक लगाएकोले पनि मेला स्थगित गर्नु परेको समुहका अध्यक्ष पहलवान चाैधरी ( अनुप) ले जानकारी दिएका छन् ।

सामुदायिक वनको मंगलबार आफ्नै कार्यालयमा बसेको बैठकले मेला स्थगित गर्ने निर्णय गरि एक सुचना समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे