एमाले प्युठानको अध्यक्षमा विष्ट निर्वाचित



एमाले प्युठानको अध्यक्षमा विष्ट निर्वाचित

प्युठान २६ पुस । नेकपा एमाले प्युठानको नवौँ अधिबेशनबाट अध्यक्षमा विजयबिराज बिष्ट निर्वाचित भएका छन् । सोमबार दिउँसो आएको परिणाम अनुसार खसेको कुल ५१० मतमध्ये बिष्टले ३ सय १४ मत ल्याएर अध्यक्षमा बिजयी भएका हुन् । बिष्ट एमाले लुम्बिनी प्रदेश कमिटिका सदस्य समेत हुन् ।

उनका प्रतिद्वन्द्वी नेहरसिंह केसीले १७६ मत मात्र ल्याए । उपाध्यक्षमा सरुमारानी गाउँपालिकाका अध्यक्ष समेत रहेका झगबहादुर बिश्वकर्माले २ सय ९५ मत ल्याउँदै विजयी भए । प्रतिद्वन्द्वी मुक्ती पोख्रेलले १ सय ७९ मत प्राप्त गरे ।
सचिवमा नेगनसिंह कुवरलाई पराजित गर्दै माधब शर्मा विजयी भए । शर्माले २ सय ७२ मत ल्याउँदा कुंवरले १ सय ८६ मत ल्याए ।

उपसचिवमा माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले ३ सय ७२ र दिपा घर्तीले ३ सय ८४ मतका साथ विजयी भए । उपसचिवका अर्का प्रत्याशी बिनोद ओलीले १ सय ७१ मत ल्याए । खुल्ला दलित सदस्यमा राजेन्द्र गौतमले २७९ र पुर्ख सिंह सुनारले १७६ मत ल्याएर बिजयी भए।

निकटम प्रतिद्वन्द्वी गिरबहादुर सुनारले जम्मा ९२ मत पाए।
जिल्ला पदाधिकारी र खुल्ला दलित सदस्यका लागि शनिबार मतदान भएको थियो । अन्य पद सर्बसम्मत भएको छ । एमाले जिल्ला कमिटी ९० सदस्यको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे