राप्तीकाे ३ नम्बर वडामा लागेकाे ताला एक घण्टामै खुल्याे



राप्तीकाे ३ नम्बर वडामा लागेकाे ताला एक घण्टामै खुल्याे

भालुवाङ २३ पुस । देउखुरीको राप्ती गाउँपालिका ३ नम्बर वडा कार्यालयमा आज बिहान लगाइएकाे अनिश्चितकालिन ताला खाेलिएकाे छ ।

कोरोना राहत प्याकेजमा वास्तविक पिडितहरुको नाम सिफारिस नभई गैरपिडितहरूको नाम सिफारिस गरिएको भन्दै राप्ती गाउँपालिकामा कृयाशिल पाँच राजनितिकदलहरूले आज सयुक्त रुपमा सुचना टाँस गरी वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

कोभिड १९ को प्रभावबाट रोजगारी र आयआर्जनको अवसर गुमाएका अतिविपन्न गरिव ५ लाख परिवारलाई नेपाल सरकार अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा रातह स्वरुप एक पटकका लागि प्रति परिवार रु १० हजारका दरले नगद अनुदान प्रदान गर्ने कार्यक्रम अनुसार राप्ती गाउँपालिका वार्ड नम्बर ३ ले कार्यविधि बिपिरित आफूखुसी नाम सिफारिस गरेको भन्दै केही दिनयता स्थानीय पिडित र राजनितिकदलहर आन्दोलित भएका छन् ।

यता तालाबन्दी भएकाे बिषयमा वडा कार्यालयले इलाका प्रहरी कार्यालय भालुवाङमा जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय भालुवाङका इन्पेक्टर भुवन भट्टकाे नेतृत्वमा गएकाे टाेली वडा कार्यालयमा लगाएकाे ताला फाेडी कार्यालयकाे सेवा सुचारू गराएकाे छ ।

बिहान १० बजे लागेकाे ताला बिहान ११ बजे इलाका प्रहरी कार्यालय भालुवाङले फाेडेर सेवा सुचारू गराएकाे थियाे ।राप्ती गाउँपालिकामा कुल ७०० जनाको नाम सिफारिस गर्नुपर्ने भएमा वडा कार्यालयले वास्तविक पिडित सँगै गैरपिडितहरुको नाम समेत सिफारिस गरिएपछि स्थानीय र राजनितिकदल चरणबद्ध आन्दोलनको कार्यक्रम अन्र्तगत पहिलो चरणमा तालाबन्दी गरिएको आन्दोलनरत नेपाली काँग्रेस ३ नम्बर वडा सभापति श्रीधर खत्रीले जानकारी दिए।

तालाबन्दी कार्यक्रममा नेपाली काँग्रेस ३ नम्बर वडा सभापति श्रीधर खत्री, नेकपा ऐमालेका सन्तोष अधिकारी, जनता समाजवादी पार्टी नेपाल राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका दलबहादुर धर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्ती गाउँपालिका सभापति टेकबहादुर गिरी सहित स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

राप्तीको वडा नम्बर ३ मा २४५ जनाको आवेदन परेकोमा ८३ जनाको नाम सिफारिस गरिएको थियो । वडामा बिरोध र विभिन्न संञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि बुधबार वडा कार्यालयले विज्ञप्ती जारी गरेर आवेदन दिएका मध्येबाटै छुट भएका ९ जनाको नाम थप गरेको जानकारी दिएको थियाे ।

गैरपिडितहरुको नाम समावेश गरिएको तथ्य फेला परेपछि मंगलवार ३ नम्बर वडा कार्यालयमा स्थानीय राजनितिकदल र पिडितहरुले पत्रकार सममेलन गरी विरोध जनाएका थियाे ।

यता यस बिषयमा छलफलका लागि अहिले दिउँसाे २ बजे गाउँपालिकाले सर्वदलीय, सर्वपक्षीय बैठक बाेलाएकाे राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे