देउखुरीको राप्ती गाउँपालिकामा कोरोना राहत प्याकेज सिफारिसको बिबाद टुङ्गियो



देउखुरीको राप्ती गाउँपालिकामा कोरोना राहत प्याकेज सिफारिसको बिबाद टुङ्गियो

भालुवाङ २३ पुस । देउखुरीको राप्ती गाउँपालिका वार्ड नम्बर ३ मा कोरोना राहत प्याकेज सिफारिसमा देखिएको बिबाद टुङ्गिएको छ । गाउँपालिकाका सबै वडाबाट पठाएका सिफारिसहरुलाई खारेज गरी पुन : वडामै सर्वपक्षीय, सर्वदलीय बैठकबसी नाम सिफारिस गर्ने सहमतिमा बिबाद टुङ्गिएको हो ।

राप्ती गाउँपालिकाको सभाहलमा आज दिउँसो कार्यपालिका सदस्य, वडाध्यक्ष, वडासचिव, राजनितिकदल र पत्रकारहरु सहित बसेको सर्वपक्षीय सर्वदलीय बैठकले कोभिड १९ महामारीबाट प्रभावित रोजगारी र आयआर्जनको अवसर गुमाएका अतिविपन्न परिवारलाई नगद कोभिड राहत हस्तान्तरण कार्यविधि २०७८ बमोजिम वडा कार्यालयमा दर्ता भएका निवेदनउपर गाउँपालिकाका सबै वडाहरुमा पुन: सर्वपक्षीय, सर्वदलीय बैठक बसी छानबिन गरी कार्यबिधिले तोके बमोजिम नाम सिफारिस पठाउने सहमतिमा बिबाद टुङ्गिएको गाउँपालिकाका प्रबक्ता तथा ७ नम्बर वडाध्यक्ष विद्यासरण चौधरीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले गाउँपालिका तथा वडास्तरिय बिबिध कार्यक्रम, योजनाहरुको कार्यान्वयनमा ऐन, नियम, मापदण्ड, कार्यविधि बमोजिम सम्बन्धित निकाय, सरोकारवाला एवम् राजनितिकदलहरु संग छलफल तथा वार्ता गरी निश्कर्षमा पुग्ने निणर्य समेत गरेको छ ।

गाउँपालिकाका पशु शाखा प्रमुख तथा कोभिड १९ राहत कार्यक्रमका फोकल पर्सन शेरबहादुर हमालको बिषय प्रबेशबाट शुरु भएको सर्वपक्षीय, सर्वदलीय बैठकमा गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, सुचना अधिकारी विश्वास विक, गाउँपालिकाका प्रबक्ता तथा ७ नम्बर वडाध्यक्ष विद्यासरण चौधरी, १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, ३ नम्बर वडाध्यक्ष चन्दर चौधरी र ६ नम्बर वडाध्यक्ष बेदप्रसाद चौधरी उपस्थिती रहेको थियो ।

त्यस्तै बैठकमा नेपाली काँग्रेसका पूर्व राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे, नेपाली काँग्रेस ३ नम्बर वडा सभापति श्रीधर खत्री, नेकपा एमालेका सन्तोष अधिकारी, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष श्यामेश चौधरी, सचिव तुला गिरी, नेकपा एकिकृत समाजवादी राप्ती गाउँपालिका अध्यक्ष ज्ञानु गौचन, जनता समाजवादी पार्टी राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्ती गाउँपालिका सभापति टेकबहादुर गिरी, राष्ट्रिय जनमोर्चाका दलबहादुर घर्ती, राप्ती प्रेस मञ्च राप्ती गाउँपालिका अध्यक्ष अर्जुन अधिकारी, मञ्च कै बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, रेडियो राप्ती/राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता लगायत वडा सचिव र विषयगत शाखा प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । बैठकको सहर्जीकरण गाउँपालिकाका विकास शाखा अधिकृत विकास ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे