देउखुरी व्यापी फुटबल प्रतियोगिताको उपाधी देउपुरलाई



देउखुरी व्यापी फुटबल प्रतियोगिताको उपाधी देउपुरलाई

लमही २२ पुस । दाङ देउखुरीको लमही नगरपालिका ३ मजगाउँमा स्थित मसानघाट खेलमैदानमा बिहीबार सम्पन्न भएको देउखुरी व्यापी फुटबल प्रतियोगिताको उपाधी देउपुरले हात पारेको छ ।

बिजुली पसलद्वारा आयोजित आज भएको दुई खेलमा तृतीय स्थानको लागि बरुवागाउँ र टिकुलीगढ र फाइनल खेलमा देउपुर र लमही भिडेको थियो । उक्त खेलको तृतीय स्थानको लागि भएको खेलमा बरुवागाउँ र फाइनल खेलको बिजेता देउपुर घोषणा भएको हो ।

पहिले तृतीय स्थानलाई भएको बरुवागाउँ र टिकुलीगढको म्याचमा भने बरुवागाउँ बिजय भएको थियो ।
करिब बिहान ११:१५ मा सुरु भएको उक्त खेलको नतिजा पहिलो हाफ सकिदा सम्म कसैले पनि गोल हान्न नसकेर बराबरी भएको थियो तर खेलको दोस्रो हाफमा भने दुबै टिमले २-२ गोल भएर बराबर भएको थियो ।

उक्त बराबरिपछि खेल एक्स्ट्रा टाइम तिर गएको थियो तर उक्त टाइमको २ हाफ सम्म पनि कुनै टिमले गोल गर्न नसक्दा खेल अन्तिम नतिजाको लागि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउटमा भने बरुवागाउँले टिकलीगढ सँग ४-३ गोल अन्तरले बिजय भएर तृतीय स्थान हासिल गरेको हो । उक्त बिजय टिमले टिका, मेडल, प्रमाणपत्र र नगद ५ हजार प्राप्त गरेको छ ।

त्यस्तै फाइनल खेल करिब दिउँसो १:३० बजे सुरु भएको थियो । उक्त फाइनल खेलको पहिलो हाफमा १-१ को बराबरीमा रोकिएको थियो । त्यस्तै दोस्रो हाफको खेलमा ३-२ को अग्रता लिएको लमहीले आफ्नो गोल बचाउन नसक्दा देउपुरले गोल हान्यो र रेफ्रीले गोल भएको घोषणा गरे अनि खेल बराबरी भएको थियो ।

तर उक्त गोललाई टिम लमहीका खेलाडीले अस्वीकार गरेपछि एकैछिन बिबाद भयो । त्यसपछि रेफ्रीले दुबै लाइनमेनसङ छलफल गरेर गोल नै रहेको बताए । त्यसपछि लमहीले उक्त गोल अस्विस्कार गर्दै मैदान छाडेको थियो ।

लमहीका खेलाडीहरु बाहिर निस्केर जान थालेपछि फेरि आयोजक र रेफ्री बिचको कुराकानीले १० मिनेट भित्र सम्पुर्ण खेलाडीहरुलाई खेलमैदानमा प्रबेश गर्न भन्दा समेत लमही उपस्थित नभएपछि आयोजकले देउपुरलाई बिजय घोषणा गरेको थियो ।

देउपुरका खेलाडीहरुलाई टिका लगाई मेडल प्रमाणपत्र साथै प्रथम पुरस्कार नगद २० हजार सहित २० किलोको बोका प्रदान गरेका थिए ।

रेफ्रीको निर्णय अस्वीकार गर्दै मैदान छाडेपछि आयोजकले द्वितीय पुरस्कार भने खारेज गरेको थियो । त्यस्तै प्रतियोगिता भरि नै म्याच रेफ्रीको भुमिका निभाएका रबिन जिसी थिए । उनलाई पनि आयोजकले कदर गर्दै सम्मानपत्र प्रदान गरेको हो । खेलको आयोजना देउखुरी बिजुली पसलका संचालक लक्ष्मण पौडेल, तिलक खनाल र नरेश गोराथोकीले संयुक्त रूपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे