एमाले दाङको पुस २३ गते हुने जिल्ला अधिबेशनकाे तयारी पूरा



एमाले दाङको पुस २३ गते हुने जिल्ला अधिबेशनकाे तयारी पूरा

दाङ २२ पुस । नेकपा एमाले दाङको भाेली पुस २३ गते हुने १३ औँ जिल्ला अधिबेशनकाे तयारी करिब पूरा भएकाे छ । अधिवेशनलाई भब्य र सभ्य बनाउन विभिन्न उपसमितिले आफ्नाे तयारी करिब पूरा गरेकाे सचिव मनाेहर बुढाथाेकिले जानकारी दिएका छन् ।

प्रतिनिधि ब्यबस्थापन अभिलेखिकरण लगायतका काम ब्यबस्थित गरिसकिएकाे उपाध्यक्ष हुकुम बस्नेतले बताए । त्यस्तै अधिवेशनलाई मर्यादित र सुरक्षा ब्यबस्था चुस्त राख्न स्वयमसेवकहरु संग प्रशिक्षण र परामर्श सकिएकाे स्वयंसेवक संयाेजक कृष्ण भुसालले जानकारी दिए ।

देशभरका जिल्ला अधिवेशनकाे अध्यक्ष केपी शर्मा वलीले एकै पटक उद्घाटन गर्ने र त्यसपछि विशेष अतिथिकाे रुपमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली र जिल्ला रहेका केन्द्रीय सदस्य लगायत अतिथिहरुले शुभकामना मन्तब्य राख्ने कार्यक्रम रहेकाे दाङ ईञ्चार्ज नरुलाल चाैधरीकाे भनाई छ ।

विहान ११ बजे घाेराहीमा रहेकाे उद्योग वाणिज्य संघकाे नयाँ सभाहलमा उद्घाटन हुने अधिवेशनमा समयमै सहभागीताका लागि अध्यक्ष टिकाराम खड्काले सम्पुर्ण प्रतिनिधि, प्रवेक्षक लगाएत सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे