देउखुरीको बगैसोता पुलमा स्कार्पियो ठोक्किदा ६ जना घाइते



देउखुरीको बगैसोता पुलमा स्कार्पियो ठोक्किदा ६ जना घाइते

लमही २२ पुस । दाङको देउखुरीमा स्कार्पियो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही- भालुवाङ सडक खण्डको लमही नगरपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने बगैसोता खोलाको पुलमा ठोक्किएर दुर्घटना ६ जना यात्रु घाइते भएका छन् ।

बिहीबार विहान २ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको लु ३ च ८८० नम्बरको स्कार्पियो पुलमा ठोक्किदा भएको हुँदा दुर्घटनामा लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँका अन्दाजी २८ का प्रदीप चौधरी, वडा नम्बर ५ कोलही बस्ने अन्दाजी २५/३० वर्षिय बिनोद चौधरी, वडा नम्बर ५ रातो डांडा बस्ने वर्ष १८ कि आकृती पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सृजना सुनार, लमही बजार निवासी वर्ष ३७ का भानु गुप्ता, वडा नम्बर ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरु कोहि गम्भीर र कोहि मध्यम घाइते भएका कारण अहिले उनिहरुको नेपालगन्ज र बुटलमा उपचार भैरहेको छ । दुर्घटना के कारणले भएको हो त्यो अनुशन्धान पछि पत्ता लाग्ने प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे