राप्ती गाउँपालिकाले दियाे तमु ल्हाेसार पर्वकाे सार्वजनिक बिदा



राप्ती गाउँपालिकाले दियाे तमु ल्हाेसार पर्वकाे सार्वजनिक बिदा

भालुवाङ १२ पुस । राप्ती गाउँपालिकाले तमु ल्हाेसार पर्वकाे अवसरमा सार्वजनिक बिदा दिएकाे छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको आइतवार मसुरीयामा बसेको बैठकले पुस १५ गते परेको तमु ल्होसार पर्वको गाउँपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

साथै ल्होसार पर्वको अवसरमा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे